नेप्से दोहोरो अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से दोहोरो अंकले घट्यो



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज १६ दशमलव तीन अंकले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अंकले बढेको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलवार १६:०८