प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव



काठमाडाैं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् । अघिल्लो आव २०७६/७७ बाट कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २५ माघ २०७८, मंगलवार १४:२५