ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, आइतबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको चौथोँ वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित : २३ माघ २०७८, आईतवार १२:३३