आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोज कहिले ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत आर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिती तय गरेको हो ।

यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले रू. १ सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार १२:३४