उपभोक्ताको ढाड सेक्दै आयल निगम, डिजेल र पेट्रोलको मूल्य हालसम्म कै उच्च विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उपभोक्ताको ढाड सेक्दै आयल निगम, डिजेल र पेट्रोलको मूल्य हालसम्म कै उच्च विन्दुमा



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज मंगलबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई ईन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले यो पटक ग्यासको भाउ भने बढाइएको छैन । पेट्रोल भने इतिहासकै महंगो पर्ने भएको छ । यसअघि २०७० सालमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम थियो ।

साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर रू. १० ले वृद्धि गरी बिक्री मूल्य प्रति लिटर रु. ११६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर १,०९५ कायम गरिएको छ ।

एल.पी.ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू८१.६२ ले घटेर आएतापनि अझै निगमलाई प्रति सिलिण्डर रू. ५६० रुपैयाँ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जनाएको छ। निगमले यसअघि माघ ५ गते तेलको भाउ बढाएको थियो ।

प्रकाशित : १८ माघ २०७८, मंगलवार २१:०५