राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्यूआर टेलर सेवा लागू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्यूआर टेलर सेवा लागू



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन ।

बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको यो सेवा लागू गरेको बैंकले जनाएको छ ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १६:३८