मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीको आव्हान गरेको हो । शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार श्रेष्ठको नाममा रहेको ४ हजार ९०८ कित्ता संस्थापक शेयर विक्रीका लागि बैंकले बुधवार ३५ दिने सुचना जारी गरेको हो ।

उक्त शेयर खरिदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।

बैंकका अनुसार गैर संस्थापक शेयरधनीहरुबाट उल्लेखित कित्तामध्य ४५ हजार ८५८ कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको छ । यो शेयर खरिदको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिने गरी बैंकले सुचना जारी गरेको हो ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:३२