सेयर बजारमा भारी अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारमा भारी अंकको गिरावट



काठमाडाैं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । कारोबारको सुरु (प्रिओपन सेसन)मा ५.६० अंकले बढेको बजार कारोबारको अन्तिम समयमा भने भारी अंकले घटेको हो ।

नेप्से परिसूचकमा गिरावट आउँदा सबै उपसमूह राताम्मै देखिएका छन् । ज २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५७ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार उच्च अंकले घटे पनि आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये १० वटा बाहेक सबैको मूल्य घटेको छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार १५:२९