ओरालो लाग्यो सनराइज बैंकको नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओरालो लाग्यो सनराइज बैंकको नाफा



काठमाडौं । सनराइज बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २१.४७ प्रतिशतले ओरालो लागेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा बैकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधीमा बैकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २१.४७ प्रतिशत कम हो ।

बैंकले इम्पेरमेन्ट चार्जको लागि ३९ करोड ४९ लाख रुपैयाँ छुटाएको छ । गत वर्षको समेहि अवधीमा उक्त रकम ९ करोड रुपैयाँ मात्र रहेको थियो । यसैले गर्दा बैंकको सञ्चालन मुनाफा र खुद नाफा घटेको छ । नाफा संगै बैंकको संचालन मुनाफा पनि २१.५९ पतिशतले ओरालो लागेको छ । समीक्षा अवधीमा आइपुग्दा वितरण योग्य मुनाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ ।

सार्वजनिक विवरण अनुसार मसान्तसम्ममा बैंकले १ खर्ब २९ अर्ब २४ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ३९ करोड ३ लाख रुपैयाँ कर्जा लगानि गरेको छ । निक्षेप २१.४३ प्रतिशत र कर्जा १९.८० प्रतिशत बढेको हो । बैंकले १ अर्ब ८३ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी ०.८० प्रतिशतले बढेको हो ।

बैंकको खराब कर्जा अनुपात १.४१ प्रतिशत, कस्ट अफ फण्ड ६.७६ प्रतिशत, आधारदर ८.९४ प्रतिशत, सिडी रेसियो ८९.५७ प्रतिशत, पूँजीकोष अनुपात १२.७० प्रतिशत रहेको छ । समिक्षा अवधीमा आइपुग्दा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ओरालो लागेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ रुपैयाँ ७४ पैसामा प्रतिशेयर आम्दानी झरेको छ । गत आर्थिक वर्षको सोहि अवधीमा यस्तो आम्दानी २० रुपैयाँ १ पैसा रहेको थियो ।

प्रकाशित : १० माघ २०७८, सोमबार १०:५०