नेप्सेमा ४ लाख ७ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ४ लाख ७ हजार कित्ता सेयर सूचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १६:०२