ग्लोबल आइएमई लघुवित्तको अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तको अवस्था कस्तो छ ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले दोस्रो त्रैमासमा १४ करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको तुलनामा २२.२५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले २ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत वर्षको तुलनामा ५८.५० प्रतिशतले बढेको हो । त्यसैगरी लघुवित्तले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ४ अर्ब ६५ करोड २ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको तुलनामा सापटी ४७.७८ प्रतिशत, कर्जा लगानी ७१.६४ प्रतिशतले बढेको छ ।

समिक्षा अवधीमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.९९ प्रतिशतले उकालो लागेर ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । भने सञ्चालन मुनाफा १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख ९ हजार पुगेको छ । जगेडा कोषमा ९ करोड ३२ लाख रुपैयाँ व्यवस्था गरेको छ । यते गत आर्थिक वर्षको तुलनामा ९४.४३ प्रतिशतले धेरै हो ।

लघुवित्तको चुक्ता पुजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको छ । अन्य सुचकमा सकारात्मक परिवर्तन देखिए पनि लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी भने १९.६० रुपैयाँले घटेर ५३.५३ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार ११:४४