बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (BNHC) सिम्बोल पाएको छ ।

स्टकका अनुसार कम्पनीको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ असोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

सो आईपीओ २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्य ७४ हजार ४ सय आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

प्रकाशित : २ माघ २०७८, आईतवार १३:२८