ठूला अस्पतालमा कोरोना संक्रमण तिव्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ठूला अस्पतालमा कोरोना संक्रमण तिव्र



काठमाडौं । स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।

टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अस्पतालमा १५, भक्तपुर अस्पतालमा ७ र सशस्त्र प्रहरी अस्पतालमा ४ जना सङ्क्रमित भएका छन् । शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सक लगायत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् ।

प्रकाशित : १ माघ २०७८, शनिबार ०८:२४