कृषि विकास बैंकले डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकले डाक्यो साधारणसभा



काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रिय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

बैंकले सभामा विभिन्न प्रस्तावहरुले लैजाँदै छ । जसमध्ये सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गर्दै छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

प्रकाशित : ८ पुष २०७८, बिहीबार १०:४५