नर्भिकमा दुई विशेषज्ञ चिकित्सकको एकैदिन फ्री ओपिडी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकको एकैदिन फ्री ओपिडी हुने



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न लागेको छ ।

शनिवार(भोलि) १० देखि १२ बजेसम्म संचालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरु नेतृत्वको यूरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

मृगौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरुले यूरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिनसक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ ।

यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिवार नै निःशुल्क ओपिडी संचालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचनप्रणालीसँग सम्बन्धी समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिनसक्नेछन् ।
डा. कुवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रकाशित : २ पुष २०७८, शुक्रबार १०:१५