राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवा मनीट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरु बाट भुक्तानी हुनेछ ।

अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् र ईसेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १७:३६