लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा



काठमाडौं । लक्ष्मी बैंकले ८ पुसमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आह्वान गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाइएकाे छ । सभा प्रयोजनका लागि २४ मंसिरमा बुकक्लोज हुनेछ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् । 

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १२:५४