मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दैआएकालाई लक्षित गरी वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो । 

१३ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए । महिलाको सुविधाका लागि वडा कार्यालयले विभिन्न टोलमा १९ वटा कुटानी पिसानी मिल उपलव्ध गराएको छ । 

ढिकी जाँतो विस्थापनका लागि वडा कार्यालयले विनियोजन सोमबार घुर्चु, डाँडागाउँ, गैरीटोल, बरबोट, करमबोट र राउत टोलका आमा समूहलाई ६ वटा कुटानी पिसानी मिल वितरण गरेकाे छ । आमा समूहलाई प्रति समूह ४९ हजार पर्ने विद्युतीय कुटानी पिसानी मिल प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।

वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा चार वटा, आर्थिक वर्ष २०७५/०७६ मा नाै वटा र चालु आर्थिक वर्ष ६ वटा मिल बाँडेकाे हो । ढिकीजाँतोमा अन्न पिस्न समय लाग्ने र श्रम पनि बढी खर्च हुने भएकाले मिल वितरण गरिएको हो ।  टोलका एक स्थानीयमार्फत मिल सञ्चालनको व्यवस्था मिलाइएको छ ।

एउटा मिलले टोलका १५/२० घर स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानी पिसानी मिल उपलव्ध गराइने वडाध्यक्ष राउतले बताए ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार ०९:५७