प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । 

जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार ०८:१०