कामना सेवा विकास बैंकको एकै दिन दुई शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको एकै दिन दुई शाखा विस्तार



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा कावासोती नगरपालिका वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु विस्तार गरेको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि सुदिप आचार्यले समुद्घाटन गरेका हुन् ।

ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार ०८:०२