ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार



काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १२ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी २७ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुनेछ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १४:११