बिहिबार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिहिबार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि



कठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनामा गरिएको कोरोना भाइरस संक्रमण परिक्षणमा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २० हजार द्द सय ८५ पुगेको छ ।

प्छिल्लो २४ घण्टामा २ सय ९८ जना निको भएको छ भने ३ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट जयान गुमाउनेको संख्या ११ हजार ५ सय १६ र निको हुनेको संख्या ८ लाख १ हजार ४ सय २० जना पुगेको छ । हाल देशभर ७ हजार ३ सय ४९ जना संक्रिय संक्रमित रहेका छन ।

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १७:१४