काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बैंकले ७ वर्ष अवधिकाे “८.७५% गरिमा डिबेञ्चर, २०८५” काे नाममा ऋणपत्र निष्कासन गर्ने भएकाे हाे ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पाैष १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।
Comment