गरिमा विकास बैंक १५औँ वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंक १५औँ वर्षमा



काठमाडौँ । गरिमा विकास बैंक स्थापनाको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवम् कर्जा खाताहरु मार्फत ग्राहक माझ सेवा संचालन गरिरहेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

रक्तदान कार्यक्रम
रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।

शाखा कार्यालयहरुको कारोबार शुभारम्भ
निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यससँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार १०:०७