स्याङ्जाबाट महाधिवेशन प्रतिनिधि : सभापतिका उम्मेद्वार थापा पहिलाे, नेबिसँघ अध्यक्ष क्षेत्री दाेश्राे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

स्याङ्जाबाट महाधिवेशन प्रतिनिधि : सभापतिका उम्मेद्वार थापा पहिलाे, नेबिसँघ अध्यक्ष क्षेत्री दाेश्राे



स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाकाे क्षेत्रीय अधिवेशनबाट सभापति पदमा उम्मेदवारी दिएका राजु थापाले सर्वाधिक लाेकप्रिय मत सहित महाधिवेशन प्रतिनिधि पदमा बिजयी भएका छन् ।

उनले १०१२ मत मध्ये ८२३ मत प्राप्त गरे । क्षेत्र नं १ बाट खुला महाधिवेशन प्रतिनिधिमा बिजयी भएसँगै थापालाई जिल्ला सभापति पदमा उम्मेद्बारी दिन बाटाे खुलेकाे छ । यस्तै नेपाल विधार्थी सँघका अध्यक्ष अजित अधिकारी क्षेत्रीले लाेक्रपिय मतसहित साेही क्षेत्रबाट दाेश्राे स्थानमा महाधिवेशन प्रतिनिधि पदमा बिजयी भए ।

क्षेत्रीले ७०५ मत ल्याए । क्षेत्रीले दाेश्राे स्थानमा जित हासिल गरेसँगै स्याङ्जा कांग्रेसका केही पुराना नेताहरू उनी भन्दा पछि परेका छन् । क्षेत्र नं १ काे निर्वाचनमा थापा प्यानलबाट चुनाव लडेका तुलसी रेग्मी नेतृत्वकाे प्यानल नै बिजयी भएकाे हाे ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार १०:४२