एनआईसी एसिया लघुवित्तको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया लघुवित्तको लाभांश पारित



काठमाडाैं । एनआईसी एसिया लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा गरेको हो ।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सभाले संस्थापक समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहको दुई जना संचालकहरुको निर्वाचन गरेको छ। जस अनुसार संस्थापक समुह एनआईसी एसिया बैंकबाट कपिल ढकाल, प्रकाश बराल, बिभोर कुमार अग्रवाल र दिपेश खेतान (अग्रवाल ) चयन भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनीबाट सुवर्ण पौडेल र शशांक अग्रवाल संचालक चयन भएका छन् ।

प्रकाशित : ५ मंसिर २०७८, आईतवार १४:५३