यी हुन १५ सर्वाधिक करदाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन १५ सर्वाधिक करदाता



काठमाडौँ । सरकाले विभिन्न क्षेत्रका पेशा व्यवसाय र उद्यम गरी सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सरकारले कर दिवसको अवधिमा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्रालयले आयोजना गरेको राष्ट्रिय कर दिवस समारोहमा करदाताहरुलाई सम्मान गरिएको हो ।

दिवसका अवसरमा सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था नेपाल टेलिकम भएको घोषणा गरिएको छ । कार्यक्रममा टेलिकममा सबैभन्दा धेरै कर बुझाउने संस्थाका रुपमा सम्मान गरिएको छ ।

त्यस्तै, निर्यात उद्योगतर्फ डाबर नेपालले सबैभन्दा बझाएकोमा शशिरञ्जन मिश्र सम्मानित भएका छन् । विशेष उद्योगतर्फ एसिएन पेन्ट्सका प्रमुख गोपाल श्रेष्ठ सम्मानित भएका छन्। कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ ।

वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ । नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्मान ग्रहण गरे ।

सहकारी संस्थातर्फ छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । छिमेक लघुवित्तका गणेश घिमिरेले सम्मान ग्रहण गरेका छन् ।

त्यस्तै सेवा क्षेत्रतर्फ स्वास्थ्य तथा शिक्षा सेवा प्रदान गरिरहेको नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रिजेन्सी(ह्यात) होटल बढी कर तिरेर सम्मानित भएको छ।

भाटभटेनी सुपरमार्केट बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित भएको छ । भाटभटेनीका तर्फबाट कल्याण गुरुङले सम्मान ग्रहण गरेका गरे ।

त्यस्तै, बढी कर तिर्ने संस्थाको रुपमा हिमाल पावर कम्पनीका लागि दिइएको सम्मान कम्पनीका उमेश शर्माले सम्मान ग्रहण गरे ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा पहिलो भएका छन् । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका चेयरम्यान रहेका राणालाई उक्त कार्यक्रममा सम्मान गरिएको छ ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले सम्मान ग्रहण गरे । मूल्य अभिवृद्धि कर(भ्याट)मा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ। कम्पनीका संजय बन्सलले सम्मान ग्रहण गरेका छन् ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार १३:१९