कुमारी बैंकले वितरण गर्यो २.६७ प्रतिशत नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकले वितरण गर्यो २.६७ प्रतिशत नगद लाभांश



काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले सुचना सार्वजनिक गर्दै उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका शेयरधनीहरुको हकमा सोही खातामा जम्मा गरेको जानकारी दिएको हो । हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधि नगराएका शेयरधनीहरुले यथासिघ्र बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ ।

कात्तिक ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका शेयरधनीहरुले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र नगद लाभांश बैंक खातामा जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ । कुमारी बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । बैंकले रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार १०:२३