नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो



काठमाडौ। नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । माइक्रोफाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड आठ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८४ दशमलव ३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले आठ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियो । सञ्चालन नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४८ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

असोज मसान्तसम्ममा खराब कर्जा शून्य दशमलव ६४ प्रतिशतले बढेर दुई दशमलव ९२ पुगेको छ । अघिल्लो वर्षको खराब कर्जा दुई दशमलव २८ प्रतिशत थियो । तीन महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४५ पैसाले बढेर १०६ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ दुई सय ६० रुपैयाँ ९४ पैसा रहेको छ ।   

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार १७:४२