सुनको मूल्य तोलामा तीन सयले घट्यो, चाँदी पनि सस्तियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा तीन सयले घट्यो, चाँदी पनि सस्तियो



काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

साेमबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । साेमबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ ।  आइतबार एक हजार २९५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार १३:२२