कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी



काठमाडौं। कानुनतः मदिरा, चुरो, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन । जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा भनिएको छ, ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ । 

तर, होर्डिङ बोर्ड मात्र होइन, कतिपय नेपाली सञ्चारमाध्यमले पनि मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण गरिरहेका छन् ।

विज्ञापन बोर्डले मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न तथा होर्डिङबोर्ड हटाउन चेतावनी दिएको छ । बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १४:०२