कात्तिक ३० गते नेपाल बन्द ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कात्तिक ३० गते नेपाल बन्द !



काठमाडौं । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव नेतृत्वको पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । आज बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहीबार १७:५२