एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने



काठमाडौं।नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ ।

चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।

बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो ।

‘७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन्,’ समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १५:५९