सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १३:०६