राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले दुबै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याै गर्न सक्नेछन् ।

यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १२:५५