परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८÷७÷२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १७:४७