मंगलबार ५३३ जना कोरोनाभाइरस संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मंगलबार ५३३ जना कोरोनाभाइरस संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ५३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४४३ जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १६:३४