शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा



काठमाडौं। शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव राजेन्द्रकुमार शर्माका अनुसार सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले कम्पनीमा निरन्तर सेवा गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १५:१२