कामना सेवा बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव विशेष एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कामना सेवा बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव विशेष एजेण्डा



काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा मंगलबार बस्दै छ । बैंकको सभा पार्क भिलेज रिसोर्ट बूढानीलकन्ठ काठमाडौंमा हुनेछ । 

सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले १० कात्तिकमा क्लोज गरेको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ ।

त्यसैगरी, सभामा प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेण्डा छ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । 

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १०:४१