सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो



काठमाडौं । तिहारपश्चात पहिलो दिनको कारोबारमै सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

गत शुक्रबारदेखि सुनको कारोबार बन्द भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) १५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएकोमा सोमबार ९२ हजार रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा सोमबार २५ रुपैयाँ बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार ११:३४