दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीहरुको साधारण सभा गर्ने बेला भएकाले अहिले भटाभट लाभांश सुरक्षित गर्ने लहर चलेको छ । नेप्सेमा आज सोमवार भएको कारोबारमार्फत् कायम हुने शेयरधनीले दुवै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंगलवार अर्थात् २३ कात्तिकमा बुक क्लोज गर्ने भएका छन् । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १०:३९