एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने



काठमाडौं । एमाले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् ।

सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’ एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयाेजना हुँदैछ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १४:१८