बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण



काठमाडौं । सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो । 

प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् । 


१. न्यायमा अवरोध सिर्जना । 
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन । 
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन। 
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन । 
७.  राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी 
९. भ्रष्टाचार र बेथिति मौलायो । 
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो । 

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १२:४४