मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज भएर ११ साउन २०७७ देखि एकीकृत कारोबार भएकाले घोषित बोनस सेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार ११:२४