लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो ।

यस्तै, हालसम्म वितरणयोग्य नाफा दुई अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफामा ७२ दशमलव ५९ प्रतिशतकोसुधार आएपछि खुद नाफामा वृद्धि भएको हो ।

बैंकको निक्षेप संकलन १६ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ३१ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको भन्दा सात रुपैयाँ ९५ पैसाले बढेर प्रतिसेयर आम्दानी अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार १४:४०