काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको काक्तिक १४ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । अध्यक्षमा अर्का उम्मेदवार प्रमेबहादुर खापुङ रहेका थिए ।
गत असोज १८ गते २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समितिमा ६ जना सञ्चालक समितिका सदस्यहरू सहमतिमा चयन भएका थिए । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू चयन भएका थिए ।
सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भइका थिए । त्यस्तै, सर्वसाधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध चयन भएका थिए ।
Comment