ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ज्योति विकास बैंकका ‘९ प्रतिशत ज्योति विकास बण्ड २०८७’ नामक ऋणपत्र सूचीकृत भएको छ ।

नेप्से र बैंकबीच चुक्ता मूल्य रु. १००० भएको १५ लाख थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता आजै भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबीएल एस क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री आह्वान गरेको थियो ।

गत विहीबारको निर्णय अनुसार ऋणपत्र सूचीकरण गरिएको हो । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार शुरु हुने नेप्सेले जानएको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार १७:१९