मिलिजुली कालिञ्चोक साकाेसकाे २८औं साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकाेसकाे २८औं साधारणसभा सम्पन्न



दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २८ औं वार्षिक साधारणसभा शनिबार समापन गरेको छ ।

संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री के.बि. उप्रेती प्रमुख तितिथि हुनुहुन्थ्यो भने जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । संस्थाले संघीय सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारणसभा (कार्यब्यवस्था) निर्देशिका- २०७६ बमोजीम आफ्नो २८ औं वार्षिक साधारणसभा सञ्चालन गर्दै सम्पन्न गरेको हो ।

संस्थाले २०७८ साल कार्तिक १ गते सोमबार बिहान ८ बजेबाट जिल्लाका स्थानिय एफ.एम. र संस्थाको फेसबुक पेज बाट आ.ब. २०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन वाचनको लाईभ कार्यक्रम गर्दै संस्थाको २८ औं वार्षिक साधारणसभाको सुरुवात गरेको थियो ।


संस्थाले आफ्नो कार्यक्षेत्रलाई दुई एकाईमा विभाजन गरी एकाईगत साधारणसभा अन्तर्गत २०७८ साल कार्तिक ४ गते पहिलो एकाईको र २०७८ साल कार्तिक ६ गते दोस्रो एकाईको साधारणसभा गरेको थियो । उक्त एकाईहरु बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु संलग्न शनिबारको साधारणसभा समापन सभामा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गरिएको जानकारी संस्थाले जनाएकाे छ ।

साधारण सभा समापन कार्यक्रममा संस्थाको २०७८ साल भाद्र ७ गते परेको २९ औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा प्रशंसा पत्र बितरण गरिएको थियो । सम्मानका बिधाहरुमा पुर्व सञ्चालक, पुर्व लेखासुपरीवेक्षण समिति, योगदानकर्ता, पत्रकार, एफ.एम. रेडियो, उत्कृष्ट बालबचतकर्ता, बर्ष उत्कृष्ट कारोवार, उत्कृष्ट दैनिक तथा मासिक बचतकर्ता, बढी शेयर खदिरकर्ता, उद्यमी (महिला, पुरुष), जेष्ठ शेयर सदस्य (महिला, पुरुष), शारिरिक अशक्त, आठ ओटा सेवाकेन्द्रमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, दैनिक तथा मासिक नियमित ऋण, पुर्व कर्मचारी सम्मान लगायत बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवाकेन्द्र लाई प्रशंसा पत्र वितरण गरीएको थियो ।

संस्थाले आ.ब. २०७७/०७८ मा संस्थामा भएको सदस्य सेवाको लागि ब्यवसायिक मानवसंशाधन, सदस्य राहात कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम, सियुलेग कार्यक्रम लाई महत्वपुर्ण कार्यक्रमको रुपमा लिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनु भयो ।

संस्थाको आर्थिक बर्ष २०७७/०७८ सम्ममा कुल शेयर सदस्य २२हजार ८ सय ८२ कुल बाल बचतकर्ता ८ हजार ८ सय ४ गरी जम्मा ३१ हजार ६ सय ८६ जना बचतकर्ताहरु पुगेको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा संस्थाको कुल पूँजी १ अर्ब २१ कराेड ९७ लाख १९ हजार ६ सय २४ पुगेको छ । संस्थाले संघिय सहकारी ऐन २०७४ को परिच्छेद १२ दफा ७४ बमोजीम नेपाल एकाउन्टीङ्ग स्टयाण्डर्ड बोर्डले तोकेको र आईक्यानले लागु गरेको एनएफआरएस् बिधिबाट आर्थिक बर्ष २०७७/०७८ को लेखापरिक्षण गराएको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार १२:१२