एभरेष्ट बैंकको १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । हाल चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार १२:५७