शुक्रबार कायम विदेशी मुद्राको विनिमय दर यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शुक्रबार कायम विदेशी मुद्राको विनिमय दर यस्तो छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५८ पैसा र बिक्री दर १२० रुपैयाँ १८ पैसा कायम गरेको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८० पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ । 

शुक्रबार युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १३९ रुपैयाँ ३५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४६ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५२ पैसा र बिक्री दर १० रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८४ पैसा र बिक्री दर ३३ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ रहेको छ 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार १२:०३